आफ्नी साथीको विवाहमा भावुक भएर रोइन् आलिया



२० फागुन २०७५, काठमाडौँ

आलिया भट्ट बलिउडकी निकै चर्चित र डिमाण्डेड नायिका हुन् । सानै उमेरमा उनले बलिउडमा नसोचेको सफलता हासिल गरेकी छिन् । उनी बलिउडकी सर्वाधिक व्यस्त नायिका पनि हुन् । अहिले सोसर मिडियामा आलियाको एक तस्बिर निकै भाइरल भैरहेको छ । जहाँ उनी रोइरहेकी छिन् ।

केहीसमय अघि आलिया आफ्नी निकै मिल्ने साथीको विवाहमा गएकी थिइन् । आफ्नो साथीको विवाहमा भावुक भएर आलिया रोएकी हुन् । हुन त आलियाको निकै मिल्ने साथी भएका कारण पनि उनको आँखामा आँशु आउनु स्वभाविक नै हो । अहिले सामाजिक सञ्जालमा उनको उक्त तस्बिरले निकै चर्चा पाइरहेको छ ।  जसलाई दर्शकले सकरात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्