‘सारेगमपा’ मा नेपालका छोरा आयुषको अर्को दमदार प्रस्तुती, जर्जहरुले यतिसम्म गरे तारिफ (भिडियो)



२० फागुन २०७५, काठमाडौँ

यतिबेला भारतको चर्चित रियालिटी शो सारेगमपा लिटल चयाम्प मा नेपालका छोरा प्रितम र आयुषले धमाका मच्चाइरहेका छन् । अडिसनदेखि नै जर्ज र जुरीको मन जित्दै नेपाली छोरा उत्कृष्ट १५ मा पर्न सफल भएका थिए । त्यसपछिका राउण्डमा पनि आफ्नो बेजोड प्रस्तुती दिदै जर्जहरुको मन जितिरहेका छन् ।

त्यस्तै हिजो आइतबार प्रशारण गरिएको एपिसोडमा आयुषले धमाका मच्चाइदिएका छन् । आयुषले चर्चित बलिउड गीत तुझे देखा तो ये जाना सनम बोलको गीत गाएका थिए । जसमा उनले १०० % पाउन सफल भए ।

त्यतिमात्र नभएर सबै जर्जहरुले उनको निकै तारिफ गरे भने उनको लागि उठेर ताली बजाए । जे होस् आयुष र प्रितम दुवैले आफ्नो मात्र नभएर नेपालको शिर नै उच्च बनाइदिएका छन् । आगामी दिनको लागि आयुष र प्रितमलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस्