नेपाली सेनाको ‘फ्रि–फल जम्प’ प्रदर्शनमा दुर्घटना



२० फागुन २०७५, काठमाडौं

नेपाली सेना दिवसको अवसरमा जङ्गीअड्डामा प्यारासुटको माध्यमबाट ‘फ्रि–फल जम्प’ प्रदर्शन गर्ने क्रममा दुर्घटना भएको छ ।

नेपाली सेनाले प्यारासुटको माध्यमबाट ‘फ्रि–फल जम्प’ देखाउँदा दुर्घटना भएको हो । ल्याण्डिङ गर्ने क्रममा ‘प्राविधिक कारणले सही रूपमा ल्याण्ड नभएकोे’ भन्दै दुर्घटना हुँदा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन विविध कार्यक्रम गरेर सेना दिवस मनाउने गरेको छ । सो परम्पराअनुसार सैनिक परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्