मैनबत्ती ढलेर ६५ लाखको घरसँगै सानी छोरी जलेर खरानी भइन् ! जेठी छोरीको गम्भिर अवस्था भएपछि बाबु रुदैँ आए (भिडियो)



२० फागुन २०७५, काठमाडौँ

फेरि एउटा दुखको खबर आएको छ । हाम्रो देशमा दैनिक रुपमा विभिन्न घटनाहरु घटिरहेका हुन्छन् । जसलाई सुनेर शरीर काप्न थाल्छ । त्यस्तै डरलाग्दो खबर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

डडेलधुरामा बसोवास गर्ने उत्तम थापा मगरको जीवनमा ठूलो संकट आइपरेको छ । गत फागुन १४ गते उनको घरमा मैनबत्ती ढलेर ठूलो आगलागी भएको छ । जसमा उनको घर सहित उनकी सानी छोरी जलेर खरानी भएकी छिन् । पलभरमै उत्तमको खुखी खोसियो । सानी छोरीको उतिबेलै निधन भएको छ भने जेठी छोरीको अवस्था निकै गम्भिर छ । यतिबेला उत्तमकी जेठी छोरीको उपचार काठमाडौँस्थित किर्तिपुर अस्पतालमा भैरहेको छ ।

पेशाले उत्तम शिक्षक हुन् । आगलागीमा उनको सम्पत्ति र छोरी जलेर खरानी भइन् । अहिले उत्तम निकै ठूलो समस्यामा छन् । उनलाई हामी सम्पूर्ण नेपालीको खाँचो छ । आफ्नी छोरीको ज्यान बचाइदिनको लागि अहिले उत्तम रुदैँ सबैसँग हात जोडिरहेका छन् । पक्कै पनि हाम्रो सानो सहयोगले उत्तमकी छोरीले नयाँ जीवन पाउन सकिन्छ । त्यसैले हामी सबैले आफूले सकेजति उत्तमलाई सहयोग गरौँ ।

प्रतिक्रिया दिनुहोस्