आफ्नो शो मा श्रीमती आउँदा लजाए कपिल, श्रीमती गिन्नीको लागि गाए रोमान्टिक गीत



२० फागुन २०७५, काठमाडौँ

कपिल शर्मा भारतका निकै चर्चित कमेडियन हुन् । उनी यतिबेला आफ्नो चर्चित रियालिटी शो द कपपल शर्मा शो मा व्यस्छ छन् । जसमा हरेक हप्ता नयाँ नयाँ पाहुना आउने गर्छन् । कपिलको उक्त शो लाई दर्शकले पनि निकै मन पराउने गरेका छन् ।

यस्तै गत आइतबार कपिलको शो मा पाहुनाको रुपमा चर्चित सिंगर मिका सिंह र केही कलाकार आएका थिए । जसमध्ये एक पाहुनालाई देख्नासाथ कपिलको होस उठ्यो र उनी लजाए । ती पाहुना अरु कोही नभएर कपिलकी श्रीमती गिन्नी थिइन् । गिन्नी पहिलो पटक कपिलको शो मा आएकी थिइन् ।

उक्त शो मा मिका सिंहले गीत गाए र कपिललाई पनि गीत गाउन लगाए । मिकाले आफूले जति नै राम्रो गीत गाएपनि गिन्नीको लागि कपिलले एउटा गीत गाउनै पर्ने बताए । सुरुमा कपिल लजाएका थिए । तरपछि उनले आफ्नी श्रीमतीको लागि एउटा रोमान्टिक गीत गाए । जसलाई सुनेर गिन्नी पनि निकै खुसी भइन् ।

प्रतिक्रिया दिनुहोस्