राष्ट्रिय सुरक्षा नीति २०७५ः नाकाबन्दी नेपालको मुख्य खतरा



२१ फागुन २०७५, काठमाडौं

मुलुकको सुरक्षाका लागि नाकाबन्दी मुख्य खतरा भएको निष्कर्ष निकाल्दै सरकारले त्यसलाई रोक्न भएसम्मका उपाय अबलम्बनको नीति अख्तियार गर्ने भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा घनश्याम खडकाले लेखेका छन् ।

रक्षा मन्त्रालयले तयार पारेको ’राष्ट्रिय सुरक्षा नीति २०७५’ प्रतिवेदनमा भारतले २०७२ मा लगाएको नाकाबन्दीपछि उत्पन्न परिस्थिति र त्यसले सिर्जना गरेको नेपालीको चेतनालाई आधार बनाएर आउने दिनमा मुलुकको सुरक्षा लागि अपनाउनु पर्ने उपाय उल्लेख गरिएको स्रोतले जनायो ।

राष्ट्रिय सुरक्षालाई सीमा–सुरक्षामा मात्रै सीमित नगरी जनताको सुरक्षा, लोकतन्त्र, विधिको शासन र मानवअधिकारको पनि सुरक्षा हुनुपर्ने उल्लेख छ । भारतीय नाकाबन्दीले आम उपभोग्य सामान अभाव हुँदा जनता चौतर्फी रुपमा प्रताडित भएका थिए । समस्या समाधान गर्न नसक्दा लोकतन्त्रमा आघात पुगेको सुरक्षा नीति परिमार्जन समितिको विश्लेषण छ ।

गत असोज १ गते प्रधानमन्त्री अध्यक्ष भएको राष्ट्रिय सुरक्षा परिषदको बैठकले ’राष्ट्रिय सुरक्षा नीति २०७३’ परिमार्जन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्