प्रियंका र आयुष्मानले प्याड बाड्दा युवतीहरु लजाए, धनुषामा प्रेम जोडीको देखियो यस्तो क्रेज (भिडियो)



२१ फागुन २०७५, काठमाडौँ

चर्चित प्रेम जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशी यतिबेला चलचित्रमा मात्र नभएर सामाजिक कार्यमा पनि जुटिरहेका छन् । उनीहरु केहीदिन अघिमात्र महिनावारी अभियानका दूत बनेका थिए । अहिले उनीहरु आयांका फाउण्डेशनबाट महिनावारी सम्बन्धी कार्यक्रम लिएर धनुषा पुगेका छन् ।

प्रियंका र आयुष्मान धनुषा जिल्लामा महिलाहरुलाई महिनावारीमा हुने समस्या र त्यसका समाधानबारे केही सिकाउन र प्याड वितरण गर्न गएका हुन् । धनुषामा आयुष्मान र प्रियंकाको निकै भव्य तरिकाले स्वागत गरिएको थियो । त्यस्तै छोरा मान्छे भएर पनि कत्तिपनि नलजाई आयुष्मानले पनि धनुषाका युवतीलाई प्याडको सही सदुपयोगबारे सिकाए ।

धनुषाका युवतीहरुलाई आयुष्मान र प्रियंकाले प्याड सहित भित्री वस्त्र पनि वितरण गरेका थिए । प्रियंका र आयुष्मानले प्याड वितरण गर्दा त्यहाँका युवतीहरु निकै लजाएका थिए । हुन त धनुषामा युवतीहरुले प्याडको प्रयोग राम्रोसँग गर्न सिकेका पनि रहेनछन् । प्रियंका र आयुष्मानले धनुषाका महिलालाई महिनावारी र प्याडको प्रयोगबारे धेरै कुरा सिकाएका छन् । उनीहरु धनुषामा जस्तै अन्य ठाउँमा पनि यो कार्यक्रम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्