राजेश हमाल आफ्नो भाई र दिदीको साथमा पहिलो पटक मिडियामा, गरे रमाइलो कुराकानी (भिडियो)



२१ फागुन २०७५, काठमाडौँ

महानायक राजेश हमाल शिवरात्रीको अवसरमा आफ्नो पूर्खेउली गाउँला नवलपुर पुगेका छन् । उनी शिवरात्रीको विशेष अवसरमा आफ्नो गाउँ पुगेका हुन् । उनी आफ्नो गाउँ आफ्नी दिदी र भाइसँग पुगेका थिए ।

राजेश हमालकी दिदी र भाई छन् भन्ने कुरा त सबैलाई थाहा छ होला तर उनीहरु आजसम्म मिडियामा भने आएका थिएनन् । नवलपुरमा पहिलो पटक राजेश हमाल आफ्नी दिदी र भाईसँग मिडियामा देखिए । पेशाले राजेशकी दिदी रीता ओम हस्पिटलमा बाल रोग विशेषज्ञ हुन् । त्यसैगरी उनका भाई राकेश हमाल सामाजिक कार्यमा कार्यरत छन् ।

राजेश आफ्नी दिदी र भाईसँग पहिलो पटक मिडियामा देखिदाँ निकै खुसी भएका थिए । एकसाथ देखिदाँ तिनैजनाले आफ्नो बालापनको बारेमा बताए । राजेश आफ्ना भाई र दिदीसँग निकै खुलेर अन्तवार्ता दिइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्