नायिकाबाट अब निर्मात्री पनि बनिन् आलिया



२१ फागुन २०७५, काठमाडौँ

आलिया भट्ट बलिउडकी निकै चर्चित अभिनेत्री हुन् । उनी एकपछि अर्को चलचित्रमा अनुबन्धित भैरहेकी छिन् र उनको डिमाण्ड पनि बढ्दै गएको छ । केहीदिन अघि आलियाले अपार्टमेन्ट किनेको कुरा पनि चर्चामा आएको थियो ।

धेरैले उनले उक्त अपार्टमेन्ट उनको र रणवीरको लागि किनेको बताएका थिए । तर आलियाले आफूले उक्त अपार्टमेन्ट आफ्नो र रणवीरको लागि नभई आफ्नो अफिसको लागि लिएको बताइन् । साथै उनले नयाँ प्रोडक्शन हाउस खोलेकी छिन् । नायिका मात्र रहेकी आलिया अब निर्मात्री समेत बनेकी छिन् । उनले आफूलाई मन लागेका चलचित्र आफ्नो प्रोडक्शन हाउसबाट हेर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्