चर्चित गीत ‘चट्ट रुमाल क्या मालुम’ को रिमेक गीत सार्वजनिक, मेलिना र धमेन्द्रले दिए आवाज (भिडियो)



२१ फागुन २०७५, काठमाडौँ

दशकअघि प्रदर्शनमा आएको चलचित्र आफ्नो मान्छे मा समावेश गीत चट्ट रुमाल क्या मालूम अझै पनि उत्तिकै चर्चित छ । अहिले पनि कतै विहे, पार्टी हुँदा यहि गीत घन्कने गर्छ । त्यस्तै आगामी चैत्र २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र यात्रा मा यो गीतलाई रिमेक गरेर समावेश गरिएको छ ।

उक्त बहुप्रतिक्षित रिमेक गीत सार्वजनिक भएको छ । बाबुराम दाहालको शब्द र शम्भुजित बास्कोटाको संगीत रहेको रिमेक गीतमा आवाज भने मेलिना राई र धमेन्द्र सेवानले दिएका छन् ।

पुरानो चट्ट रुमाल क्या मालूम मा निरुता र स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठले कम्मर मर्काएका थिए भने रिमेक गीतमा सलिनमान बनियाँ, सलोन बस्नेत, मलिका महत, रियर राई, प्रेक्क्षा बज्रचार्य लगायतका कलाकारको नृत्य रहेको छ । जसलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्