प्रदिप र जसिताको बहुप्रतिक्षित चलचित्र ‘लब स्टेशन’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)



२१ फागुन २०७५, काठमाडौँ

प्रदिप खड्का र जसिता गुरुङको जोडी चलचित्र लिलिबिली बाट बाधिएको हो । पहिलो चलचित्रबाट नै यो जोडीले सर्वाधिक चर्चा पाउन सफल भयो । चलचित्र लिलिबिली बक्सअफिसमा निकै सफल पनि भयो ।

यो जोडीले दोस्रो पटक पनि सहकार्य गरेको बहुप्रतिक्षित चलचित्र लब स्टेशन को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । चलचित्र लब स्टेशन सांगीतिक प्रेम कथामा आधारित चलचित्र हो । चलचित्रको ट्रेलरमा प्रदिप र जसिताको लबस्टोरी देख्न सकिन्छ ।

केहीसमय अघि चलचित्र घाम जुन बोलको गीत सार्वजनिक भएको थियो । जसलाई दर्शकले रुचाएका छन् । चलचित्र लब स्टेशन लाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदिप र जसिताका साथ रमेश बुढाथोकी, शिरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, दिनेश काफ्ले लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र लब स्टेशन आउँदो चैत्र २२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्