रबिना वादी डिप्रेशनमा, दर्शकबाट धेरै गाली आएपछि गरिन् आत्महत्याको प्रयास (भिडियो)



२२ फागुन २०७५, काठमाडौँ

यतिबेला रविना वादी निकै गम्भिर अवस्थामा छिन् । केहीसमय अघि उनले आफ्नो छोराको ज्यान बचाउनको लागि आफ्नो एउटा मृगौला बेचेकी थिइन् । छोरालाई ब्लड क्यान्सर भएपछि रविना पागल जस्तै भएकी थिइन् । उनीसँग पैसाको कमी भएकाले उनले छोराको लागि आफ्नो एउटा मृगौला बेचेकी थिइन् ।

एउटा मात्र मृगौलाको सहायताले बाचिरहेकी रबिनाको अर्को मृगौलाले पनि काम गर्न छोडेको छ । अहिले उनी मृत्युको मुखमा पुगेकी छिन् । तर दर्शकले उनको पिडालाई पनि मजाकमा उडाइदिने गरेका छन् । अहिले पनि उनले दर्शकलाई सहयोगको लागि अपिल गर्दा उनी विवादित बन्न पुगिन् ।

अहिले रबिना वादीलाई दर्शकका अनावश्यक गालीले मानसिक तनाव हुन थालेको छ । उनी डिप्रेशनमा गएको कुरा सुन्नमा आएको छ । दर्शकबाट जथाभावी गाली आउन थालेपछि उनले आत्महत्याको समेत प्रयास गरेको कुरा सार्वजनिक भएको छ । उनी अब केहीदिनमा आफ्नो उपचारको लागि भारत जादैँछिन् ।

प्रतिक्रिया दिनुहोस्