शहीद स्मारक ‘सी’ डिभिजन लिग आजबाट संचालन हुँदै, पहिलो खेल खालीबारी र समाज कल्याणबीच हुने !



२२ फाल्गुन २०७५, काठमाडौं

शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ ।

राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी ११ वटा टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहका शीर्ष दुई टोली फाइनल चरणका लागि छनौट हुनेछन् ।

खेल दिउँसो १ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपबिजेताले ३ लाख प्राप्त गर्नेछन्। तेस्रो र चौथो हुने टिमले पनि क्रमशः दुई लाख र एक लाख रुपैयाँ पाउने (एन्फा)ले जनाएको छ ।

पहिलो खेल !

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा खालीबारी युवा फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ बताईएको छ।

दोस्रो खेल !

त्यसैगरि आजै संचालन हुने खेलमा महाबीर स्टडिज एण्ड एथ्लेटिक्स एसोसियसन र सानेपा क्लब भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्