पहिलो पटक मिडियामा एकसाथ देखिए अनमोल र नम्रता, नम्रताको अगाडी लजाए अनमोल (भिडियो)



२२ फागुन २०७५, काठमाडौँ

यतिबेला देशभर नायक अनमोल केसीको चलचित्र क्याप्टेन ले तहल्का मच्चाइरहेको छ । साथै अनमोलको कामको पनि चौतर्फी चर्चा भैरहेको छ । अनमोलले चलचित्र क्याप्टेन मा पहिलो पटक फुटबल खेलाडीको रुपमा काम गरेका छन् । मङ्गलबार साझँ काठमाडौँको बिग मुभिजमा चलचित्र क्याप्टेन हेर्न अत्यन्तै सुन्दर नायिका नम्रता श्रेष्ठ पनि पुगेकी थिइन् ।

उनले अनमोलसँगै बसेर क्याप्टेन हेरिन् । नम्रताले आफू पहिलेबाट नै अनमोलको फ्यान रहेकाले आफूलाई चलचित्र क्याप्टेन निकै मन परेको बताइन् । साथै उनले चलचित्रमा अनमोलको अभिनयले आफ्नो मन छोएको पनि बताइन् । अनमोलले सधैँभरि नम्रता आफ्नो सदावहार फेभरेट नायिका बताउँदै आएका थिए ।

त्यसैले नम्रतासँगै बसेर आफ्नो चलचित्र हेरेर निस्कदाँ उनीपनि निकै खुसी देखिएका थिए । अनमोल र नम्रतालाई चलचित्रमा एकसाथ काम गर्ने अफर आएमा तयार हुनुहुन्छ भन्ने प्रश्न गरिएको थियो । जसमा दुवैले राम्रो चलचित्रबाट अफर आए एकअर्कासँग काम गर्न तयार भएको बताएका छन् ।

त्यस्तै नम्रता श्रेष्ठको चर्चित चलचित्र मेरो एउटा साथी छ को सिक्वेल बन्ने चर्चा चलिरहँदा नम्रता त्यसमा हुने वा नहुने भने पक्का भैसकेको छैन । पत्रकारले अनमोललाई मेरो एउटा साथी छ २ बाट अफर आए के गर्ने भन्ने प्रश्न पनि गरिएको थियो । जहाँ अनमोलले नम्रता चलचित्रमा भए पक्कै पनि काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्