२२ फाल्गुन २०७५, काठमाडौं
‘धरान’ पूर्वमा अवस्थित एक शहर हो ।
यहाँ लिम्बु, राई, सुनुवार, याक्खा जनजातिहरुको बाहुल्यता छ ।
तथापि विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान हाल आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै पूर्वाञ्चलको मात्र नभइ नेपालकै नमुना सहर बन्न प्रयासरत छ।
साथै पूर्वको एक प्रमुख तिर्थस्थल ‘बुढासुब्बा मन्दिर’ पनि यहिँ पर्दछ ।