रणवीरलाई दिपिकाको कमेन्ट ‘श्रीमान् नम्बर १’



२२ फागुन २०७५, काठमाडौँ

बलिउडका निकै चर्चित जोडी मानिने रणवीर र दिपिकालाई आदर्श जोडीको रुपमा हेरिएको छ । साथै उनहरुलाई आइडल जोडी मान्नेहरु पनि निकै नै छन् । यो सुन्दर प्रेम जोडीले गत नोभेम्बरमा इटालीमा विवाह गरेको थियो । त्यस्तै विवाहपछि रणवीर र दिपिका निकै नै खुसी छन् ।

जहाँ गएपनि यी दुई एकअर्काको तारिफ गरेर कहिले पनि थाक्दैनन् । यो जोडी निकै लोभलाग्दो पनि छ । हालैमात्र रणवीर सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरेका थिए । जहाँ दिपिकालाई उनलाई हजवेन्ड नम्बर वान भनेर कमेन्ट गरेकी छिन् ।

अहिले रणवीरको उक्त तस्बिर र दिपिकाको कमेन्टले निकै चर्चा पाइरहेको छ । रणवीर र दिपिकाको प्रेमको प्रशंसा नगर्ने सायद कोहीपनि छैनन् होला । विवाहपछि उनीहरु आ आफ्नै काममा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्