‘चलचित्रमा काम गर्ने वा नगर्ने कुराको निर्णय प्रदिपले होइन म आफैँले लिन्छु’ : जसिता गुरुङ



२२ फागुन २०७५, काठमाडौँ

हिजोमात्र प्रदिप र जसिताको बहुप्रतिक्षित चलचित्र लब स्टेशन को अफिसियल ट्रेलर सार्वजनिक भएको छ भने छोटो समयमा नै चलचित्रको ट्रेलरलाई दर्शकले अत्याधिक मन पराएका छन् । त्यस्तै सिनेवृतमा प्रदिप र जसिताको प्रेम सम्बन्धको कुरा चलिरहदाँ आजभोली जसिताले कुनैपनि चलचित्र गर्ने वा नगर्ने कुरा प्रदिपले फाइनल गर्छन् भन्ने कुराको पनि चर्चा गर्न थालेको छ ।

जसिताले पहिलो चलचित्रबाट नै आफूलाई अव्वल साबित गरिसकेकी छिन् । त्यसैले उनलाई लिएर धेरै निर्माता निर्देशकले चलचित्र बनाउन चाहन्छन् । तर जसितालाई चलचित्र गर्नमा प्रदिपले रोक लगाउने गरेको कुरा बजारमा आइरहन्छ । यस विषयमा प्रदिप र जसिताले कडा जवाफ दिएका छन् ।

प्रदिपले आफूले जसितालाई चलचित्रका लागि सल्लाह दिने गरेको तर कहिल्यै पनि चलचित्रमा काम गर्न नरोकेको बताए । त्यस्तै जसिताले पनि आफूले प्रदिपसँग मात्र नभएर सबैसँग चलचित्रबारे सल्लाह लिने गरेको तर निर्णय आफैँले लिने गरेको पनि स्पष्ट पारिन् । उनले प्रदिप भनेर चलचित्र गर्ने वा नगर्ने कुरा गलत भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्