२२ फाल्गुन २०७५, काठमाडौं
अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटमा घरेलु टोली भारत विजयी भएको छ ।
मंगलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ८ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा सवै विकेट गुमाएर दुई सय ५० रन बनाउन सक्यो ।
दुई सय ५१ रनको विजयी लक्ष्य पक्ष्याएको पाहुना टोली अष्ट्रेलिया ४९.३ ओभरमा सबै विकेटमो क्षतिमा दुई सय ४२ रनमा समेटियो ।
भारतको जितमा कप्तान विराट कोहलीको शतकीय रनको प्रदर्शन गरे ।
आफु पराजित रहेको खेलमा पनि किर्तिमानी बनाउँन सफल कोहलीले ११६ रन बनाउन सफल भए ।
त्यसैगरि विजयी शंकरले ४६, शिखर धवन र रवीन्द्र जडेजाले समान २१, अम्बाटी रायडुले १८ र केदार जाधवले ११ रन बनाए । बलिङमा अष्ट्रेलियाका प्याट कमिन्सले चार विकेट लिए । एडम जम्पाले दुई, नाथन कुल्टर नाईल, ग्लेन म्याक्सवेल र नाथन लायनले एक एक विकेट झारे ।
यस जितसँगै भारतले पाँच वानडे सिरिजमा २–० को अग्रता लिएको छ ।