सलमानसँग चलचित्र ‘भारत’ मा काम गर्न पाउँदा उत्साहित कट्रिना



२२ फागुन २०७५, काठमाडौँ

यतिबेला बलिउड नायिका कट्रिना कैफ चलचित्र भारत मा व्यस्त छिन् । चलचित्र भारत मा उनको जोडी बलिउडका स्टार सलमान खानसँग बाधिएको छ । भर्खरै मात्र चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ । यसको जानकारी कट्रिना स्वयमले दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमा सलमान र उनको फोटो अपलोड गर्दै चलचित्रको छायांकन सकिएको बताइन् । सलमान र कट्रिना यो भन्दा अघि पनि केही चलचित्रमा काम गरिसकेका छन् । त्यसैले पनि उनीहरु बलिउडका निकै चर्चित जोडीको रुपमा परिचित छन् ।

कट्रिनाले चलचित्र भारत मा सलमानसँग काम गर्न पाएकोमा आफू निकै खुसी भएको बताइन् । साथै उनले चलचित्र भारत आफ्नो लागि निकै विशेष भएको पनि बताइन् । उनले यसको लागि सलमानलाई धन्यवाद पनि दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्