२२ फाल्गुन २०७५, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली नियमित चेक जाँचका लागि अस्पताल भर्ना भएका छन् ।
बुधबार बिहानदेखि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको बताईएको छ ।
नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको जनाईएको छ ।
‘उहाँलाई बैंकक लानुपर्ने हो तर, समय नमिलेपछि यहिँ नै स्वास्थ्य परिक्षण गर्नुपर्ने भयो ।’ प्रमका नीजि चिकित्सक दिव्या सिंहले बताईन् ।
डाक्टर सिंहका अनुसार प्रधानमन्त्री ओलीलाई कम्तीमा २४ घन्टा अस्पताल राखिनेछ ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतमा मृर्गौला प्रत्यारोपण गरिएको थियो । उनले मृर्गौैला पत्यारोपणपछि खानु पर्ने र सुगरको औषधी पनि लिइरहेका छन् ।