२२ फाल्गुन २०७५, काठमाडौं
युवा लेग स्पिनर सन्दीप लामिछाने र सीता रानामगर वर्षको उत्कृष्ट क्रिकेट खेलाडी बनेका छन् ।
उनीहरुले अन्य चार जनालाई पछि पार्दै क्रिकेट प्लेअरर्स एशोसियसन नेपाल (सिप्यान) द्वारा प्रदान गरिएको सो अवार्ड हात पारेका हुन् ।
पुरुष तर्फको उत्कृष्ट खेलाडी सन्दीप चुनिँदा महिलातर्फ सीता उत्कृष्ट ठहरिइन् । पुरस्कार बापत उनले एक लाख ३२ हजार र सीता रानामगरले ६६ हजार पुरस्कार रकम प्राप्त गरेका छन् ।
उक्त मनोनयनमा पुरुष तर्फ सन्दीपसहित दीपेन्द्र सिंह ऐरी, करण केसी, पारस खड्का र सोमपाल कामी रहेका थिए । यस्तै महिलातर्फ सीताले सरिता मगर, रुबिना क्षेत्री, कबिता कुँबर र इन्दु बर्मालाई पछि पार्दै पुरस्कार हात पारेकी हुन् ।