यति धेरै राम्री छिन् धुर्मुस, सुन्तलीकी छोरी ! छोरी विरामी हुदाँको पल सम्झेर धुर्मुस, सुन्तली भावुक भए (भिडियो)



२२ फागुन २०७५, काठमाडौँ

धुर्मुस सुन्तली नेपालका निकै बरिष्ठ कलाकार हुन् । धुर्मुस सुन्तली कलाकार मात्र नभएर सामाजिक कार्यमा पनि निकै अग्रसर छन् । केहीसमय अघि भूकम्प पिडितहरुका लागि घर बनाएका धुर्मुस सुन्तली अहिले भने गौतम बुद्ध क्रिकेट रंगशाला बनाउनमा जुटिरहेका छन् ।

हिजो बिग मुभिजमा चलचित्र क्याप्टेन हेर्न धुर्मुस सुन्तली आफ्नी सानी छोरीसहित पुगेका थिए । धुर्मुस सुन्तलीकी छोरी लोभलाग्दी छिन् । उनी सानीमा नै निकै राम्री छिन् । छोरीलाई लिएर क्याप्टेन हेर्न पुगेका धुर्मुस सुन्तली अन्तवार्ता दिने क्रममा छोरीको विगत सम्झेर भावुक पनि भए ।

धुर्मुस सुन्तलीकी छोरी जन्मिने बित्तिकै निकै विरामी परेकी थिइन् । व्यस्तताका कारण धुर्मुस सुन्तलीले आफ्नी छोरीलाई पुरा समय पनि दिन सकेका थिएनन् । तर आज उनीहरुको छोरी स्वस्थ नै छिन् । उनीहरुले आफ्नो लागि छोरी गुडलक भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्