‘चट्ट रुमाल क्या मालुम’ को रिमेकमा सलिनलाई देख्दा श्रीकृष्णलाई सम्झेर भावुक भइन् स्वेता (भिडियो)



२२ फागुन २०७५, काठमाडौँ

हिजोमात्र चलचित्र यात्रा मा समावेश चट्ट रुमाल क्या मालुम बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत करिब २० बर्ष पहिले नै रिलिज भैसकेको थियो । चलचित्र आफ्नो मान्छे मा समावेश उक्त गीतमा स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहले कम्मर मर्काएका थिए ।

चट्ट रुमाल को रिमेक गीतमा भने नयाँ कलाकारको नृत्य देख्न सकिन्छ । त्यस्तै उक्त गीत सार्वजनिक कार्यक्रममा चर्चित नायिका स्वेता खड्का पनि पुगेकी थिइन् । गीत सार्वजनिक कार्यक्रममा स्वेता श्रीकृष्णलाई सम्झेर निकै भावुक भइन् । आजभन्दा २० बर्ष पहिले श्रीकृष्णले उक्त गीतमा नाचेको सम्झेर स्वेताको आखाँभरि आँशु भएको थियो ।

स्वेतालाई चलचित्र क्षेत्रमा ल्याउने नै श्रीकृष्ण हुन् । स्वेताले आफूलाई श्रीकृष्णले नाचेको गीतमध्ये सबैभन्दा मन पर्ने गीत नै चट्ट रुमाल क्या मालुम भएकाले यसको रिमेक गीत सुन्दा श्रीकृष्णको निकै याद आएर आफू भावुक भएको बताइन् । साथै उनले रिमेक चट्ट रुमाल क्या मालुम आफूलाई निकै राम्रो लागेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्