सलमानसँग काम गर्न तयार ऐश्वर्या, तर राखिन् यस्तो शर्त



२२ फागुन २०७५, काठमाडौँ

ऐश्वर्या राय र सलमान खान कुनै समयका बलिउडका निकै चर्चित जोडी हुन् । यी दुईको सम्बन्ध हम दिल दे चुके सनम बाट नजिकिएको थियो । कुनै समय एकअर्काको प्रेमी प्रेमिका रहेका सलमान र ऐश्वर्या अहिले एकअर्काको मुख पनि हेर्दैनन् ।

त्यसैले पनि बलिउडमा अहिलेसम्म पनि यी दुईको प्रेम र झगडाको चर्चा चलिरहेका छ । ऐश्वर्या र सलमानबीच झगडाको कुरा मिडियामा आइरहदाँ ऐश्वर्या आफूलाई सलमानसँग फेरि चलचित्रमा काम गर्न कुनै आपत्ति नभएको बताएकी छिन् ।

उनले अफर आएको खण्डमा आफू सलमानसँग काम गर्न राजी भएको तर त्यसको लागि चलचित्रको क्रिप्ट आफूलाई चित्तबुझ्ने हुनुपर्ने बताइन् । उनले सलमानसँग आफ्नो कत्तिपनि रिस नभएको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्