‘बाहुबली’ अभिनेता प्रभासलाई एयरपोर्टमा एक युवतीले अचानक हानिन् थप्पड (भिडियो)



२२ फागुन २०७५, काठमाडौँ

प्रभास साउथ इन्डियन चलचित्रका सबैभन्दा चर्चित अभिनेता हुन् । अझ चलचित्र बाहुबली पछि त उनको परिचय नै बेग्लै भएको छ । उनलाई बलिउड चलचित्रबाट पनि निकै अफर आउन थालेको छ । यतिबेला भने प्रभास चलचित्र साहो मा व्यस्छ छन् ।

चलचित्र साहो मा उनलाई बलिउडकी निकै चर्चित नायिका श्रद्धा कपुरले साथ दिएकी छिन् । प्रभासको एक समाचार अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । उनलाई एयरपोर्टमा एक महिलाले थप्पड हानेकी छिन् ।

हुन त ती महिला प्रभासको निकै ठूलो फ्यान थिइन् । उनले सुरुमा प्रभाससँग फोटो पनि खिचिन् । उनी प्रभासलाई देखेर निकै उत्साहित भएकी थिइन् । त्यसैले उनलाई प्रभासलाई गालामा विस्तारै थप्पड हानेकी छिन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा निकै नै भाइरल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्