बैठक टारेर अन्सारीको बाटो खोल्ने खेल



२३ फागुन २०७५, काठमाडौं

संवैधानिक परिषद्बाट मुस्लिम आयोगको अध्यक्ष पदमा सिफारिस भएपछि नागरिकतालगायत विवादमा तानिएका समीम अन्सारी संसदीय सुनुवाइ समितिमा नेकपाका अधिकाशं सांसदले नचाहँदानचाहँदै पनि अनुमोदन हुने सम्भावना बढेको छ । यो समाचार आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेका छन् ।

नेकपाका ९, नेपाली कांग्रेसका ४, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका १/१ जना गरी १५ सदस्यीय समितिमा कांग्रेस र फोरमका सांसदले बैठक बहिस्कार गरेका छन् भने राजपाका सांसद सभापतिमा छन् ।

यो अवस्थामा अन्सारीलाई अस्वीकृत गर्न नेकपा एक्लैको दुईतिहाइ पुग्दैन । त्यस्तै नेकपाका सांसदहरु यो विषयमा विभाजित भएकाले स्वीकृतिका लागि बहुमत पनि जुट्दैन । अस्वीकृतिका लागि दुईतिहाइ र अनुमोदनका लागि बहुमत समिति सदस्य हुनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्