फ्यानले श्रद्धालाई एयरपोर्टमा दिए यस्तो सरप्राइज, फ्यानको माया देखेर भइन् भावुक



२३ फागुन २०७५, काठमाडौँ

बलिउडकी चर्चित नायिका श्रद्धा कपुरले केहीदिन अघिमात्र आफ्नो ३२ औँ जन्मदिन मनाएकी थिइन् । उनको जन्मदिनमा उनका धेरै कुराहरु पनि बाहिर आएका थिए । श्रद्धाको जन्मदिनको दिन मुम्बई एयरपोर्टमा उनलाई उनका फ्यानहरुले निकै ठूलो सरप्राइज दिएका थिए ।

अहिले उनको उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । श्रद्धालाई देख्ने बित्तिकै एयरपोर्टमा उनका फ्यानहरु निकै उत्साहित भएर उनलाई भेट्न आएका थिए । उनलाई हेर्न एयरपोर्टमा दर्शकको थामीनसक्नु भीड थियो ।

त्यतिमात्र नभएर श्रद्धालाई जन्मदिनको शुभकामना दिनुको साथै उनका केही फ्यानले एयरपोर्टमै उनको लागि केक लिएर आएका थिए । आफ्ना फ्यानहरुले गरेको माया देखेर श्रद्धा निकै खुसी देखिएकी थिइन् । उनलाई जन्मदिनको शुभकामना दिनको पनि ओइरो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्