आउँदो अप्रिलमा विवाह गर्दै रणवीर र आलिया !



२३ फागुन २०७५, काठमाडौँ

रणवीर कपुर र आलिया भट्ट अहिलेका चर्चित बलिउड जोडी हुन् । यी दुई केही समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् । त्यसैले पनि आजभोली जहाँ जादाँपनि यी दुईलाई सबैभन्दा पहिले विवाहबारे प्रश्न गरिन्छ । दुवैजनाले अहिले तत्काल आफूहरु विवाह गर्ने सोचमा नभएको बताएका थिए ।

यतिबेला रणवीर कपुरका पिता ऋषि कपुर आफ्नो उपचारका लागि युएस गएका छन् । ऋषि यहि महिनाभित्र नै इन्डिया फर्किदैँछन् । यो कुराको जानकारी उनकी श्रीमती नितू कपुरले नै दिएकी हुन् । त्यस्तै ऋषि कपुर इन्डिया आउने बित्तिकै सबैभन्दा पहिले रणवीर र आलियाको विवाह गराइदिन चाहन्छन् ।

रणवीर र आलिया दुवैको परिवारमा यतिबेला रणवीर र आलियाको विवाहको कुरा चलिरहेको छ । दुवै परिवार छिट्टै नै रणवीर र आलियाको विवाह गराइदिन चाहन्छन् । त्यस्तै दुवै परिवारले पण्डितलाई विवाहको साइत हेराउन लगाउने कुराको समेत घोषणा गरिसकेको छ ।

यसरी हेर्दा आउँदो अप्रिलमा रणवीर र आलियाको विवाह हुने लगभग पक्का छ । हुन त यो कुराको घोषणा रणवीर र आलियाले भने गरेका छैनन् । तर यो बर्षभित्रमा रणवीर र आलियाको विवाह हुने सम्भावना निकै प्रभल छ ।

प्रतिक्रिया दिनुहोस्