जब स्व.अभिनेत्री श्रीदेवीकी छोरी जान्वीले आफ्नो जन्मदिनको केक तरबारले काटिन्…



२३ फागुन २०७५, काठमाडौँ

यतिबेला बलिउडमा पनि स्टार किड्सको आगमन बढ्दो छ । त्यस्तै केहीसमय अघि स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपुर पनि बलिउडमा चलचित्र धडक मार्फत् भित्रिएकी थिइन् । पहिलो चलचित्रबाट नै उनले नसोचेको सफलता हात पारिन् । अहिले उनी बलिउडकी डिमाण्डेड नायिका हुन् ।

हिजो बुधबार जान्वीले आफ्नो जन्मदिन मनाएकी छिन् । उनले आफ्नो जन्मदिन आफ्ना बाबु र बहिनीसँग मनाएकी थिइन् । तर अचम्मको कुरा त के छ भने जान्वीले आफ्नो जन्मदिनको केक सानो चक्कुले नभई तरबारले काटेकी छिन् । सुन्दै अचम्म लाग्न सकिन्छ । तर जान्वीले तरबारले केक काटेको तस्बिर हेर्न सकिन्छ ।

अहिले जान्वीको उक्त तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । तस्बिरमा जान्वीलाई केही डराएको जस्तो पनि देख्न सकिन्छ । तर तरबारले नै जान्वीले आफ्नो जन्मदिनको केक काटिन् ।

प्रतिक्रिया दिनुहोस्