अनमोलसँग काम गर्ने जसिताको चाहना



२३ फागुन २०७५, काठमाडौँ

जसिता गुरुङ नेपाली चलचित्र क्षेत्रमा छोटो समयमै निकै सफलता हासिल गर्ने नायिका हुन् । चलचित्र लिलिबिली बाट नेपाली चलचित्र जगत्मा आएकी जसितालाई लिएर फिल्म बनाउन चाहने निर्माता निर्देशकको पाइपलाइन निकै लामो छ ।

यतिबेला भने उनी आफ्नो दोस्रो चलचित्र लब स्टेशन को प्रमोशनमा व्यस्त छिन् । युवापुस्तामा निकै चर्चित नायक प्रदिप खड्कासँग लिलिबिली मा देखिएकी जसिताले दोस्रो चलचित्र पनि प्रदिपसँगै गरेकी छिन् । लगातार दुई चलचित्रमा सँगै देखिएकाले पनि चलचित्र बजारमा यी दुईबीच प्रेम सम्बन्ध रहेको बताउँदै आएको छ । तर दुवैले यो कुरालाई सधैँ नकार्दै आएका छन् ।

मङ्गलबार चलचित्र लब स्टेशन को ट्रेलर रिलिज कार्यक्रममा जसितालाई अब कुन अभिनेतासँग काम गर्न मन छ भन्दा उनले सौगातदेखि अनमोल केसीसम्मका धेरै अभिनेताको नाम लिएकी थिइन् । त्यस्तै आजभोली सिनेवृतमा जसिताले चलचित्रमा काम गर्ने वा नगर्ने कुराको निर्णय प्रदिपले लिने चर्चा पनि छ । तर जसिताले यो कुरा गलत भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्