क्रिकेट रगंशालाको लागि चर्चित गायक सत्य र स्वरुपले धुर्मुस सुन्तलीलाई दिए गीत उपहार



२३ फागुन २०७५, काठमाडौँ

यतिबेला धुर्मुस र सुन्तली गौतम बुद्ध क्रिकेट रंगशाला बनाउनको लागि जुटिरहेका छन् । उनीहरु अहिले सहयोगको लागि नै विभिन्न ठाउँमा कार्यक्रम पनि गरिरहेका छन् । त्यस्तै उनीहरुलाई सहयोग गर्ने व्यक्तिको लिस्टमा नेपालका चर्चित गायक सत्यराज आचार्य र स्वरुपराज आचार्य पनि थपिएका छन् ।

सत्य र स्वरुपले क्रिकेट रंगशालाको लागि तयार गरिएको गीत धुर्मुस र सुन्तलीलाई उपहार स्वरुप दिएका छन् । युद्धको मैदान बोलको गीतमा शब्द, संगीत र आवाज दुई आचार्य दाजुभाईको रहेको छ । उक्त गीतको भिडियोमा क्रिकेट मैदान पनि देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्