अन्तत : छवि ओझाले स्वीकारे शिल्पासँग विवाह भएको कुरा



२३ फागुन २०७५, काठमाडौँ

छविराज ओझा नेपाली चलचित्र क्षेत्रमा बाघ निर्माताको नामले परिचित छन् । उनले थुप्रै हिट फिल्म निर्माण गरिसकेका छन् । त्यसबाहेक उनी आफ्नो प्रेमसम्बन्धका कारण पनि चर्चामा आउने गर्छन् । करिब ६ बर्ष अघि उनको नायिका रेखा थापासँग सम्बन्ध विच्छेद भएको थियो ।

वास्तवमा रेखालाई छविले नै चलचित्र क्षेत्रमा भित्राएका हुन् । रेखा छविकी तेस्री श्रीमती थिइन् । रेखासँग सम्बन्ध विच्छेद भएपछि एक्लो जीवन बिताइरहेका छविको भेट करिब ५ बर्ष अगाडी अर्की सुन्दर नायिका शिल्पा पोखरेलसँग भयो । शिल्पाले छविकै चलचित्र लज्जा बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी थिइन् । त्यसबेला देखि नै छविले शिल्पालाई मन पराउन थालेका थिए ।

छविप्रति शिल्पा पनि आकर्षित थिइन् । त्यसैले चलचित्र लज्जाको समयबाट नै यी दुई प्रेममा थिए । तर धेरै समयसम्म यी दुईले आफ्नो प्रेमबारे भनेका थिएनन् । अन्तत चलचित्र हवल्दार सुन्तली को छायांकनको क्रममा यी दुईले आफ्नो प्रेम स्वीकारेका थिए ।

त्यसपछि धेरैपटक यी दुईको विवाहको कुरा आएको थियो । यी दुईले पनि सधैँ आफूहरु चाडैँ नै विवाह गर्ने बताएका थिए । तर त्यो कुरामा मात्र सिमित रह्यो । त्यस्तै गत असारमा नायिका रेखा थापाले एक अन्तवार्तामा छवि र शिल्पाको ३ बर्ष अगाडी नै विवाह भैसकेको बताएकी थिइन् । यो कुराले सिनेवृतमा ठूलै तहल्का मच्चाएको थियो ।

रेखाको कुरालाई शिल्पाले ठाडै अस्वीकार गरेकी थिइन् । अन्तत छविले शिल्पा र आफ्नो विवाह भैसकेको खुलासा गरेका छन् । छविले शिल्पा र आफ्नो ५ बर्षअघि देखि नै सम्बन्ध भएकाले आफूहरु सँगै रहँदै आएको पनि बताए । कुनै समयमा यी दुईले नै झुट बोलेका थिए तर आज यी दुई विगत ५ बर्षदेखि नै लिभिङ टुगेदरमा रहेको कुरा पुष्टि भएको छ । छवि स्वयमले शिल्पा र आफू श्रीमान् श्रीमती भएको र सँगै बस्दै आएको समेत बताए ।

त्यतिमात्र नभएर छविले शिल्पाले मानेको खण्डमा आफूहरु भव्य तरिकाले विवाहको पार्टी दिन समेत तयार रहेको बताएका छन् । हुन त उनीहरुको ३ बर्ष अघि नै मन्दिरमा विवाह भएको कुरा चर्चामा आएको थियो । तर आजसम्म यी दुईको विवाहको तस्बिर भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्