सैफ र करिनाका छोरा तैमुरसँग डेट मा जान चाहन्छिन् यी नायिका



२३ फागुन २०७५, काठमाडौँ

बलिउडमा यतिबेला स्टार किड्सको आगमनको लर्को ने लागेको छ । त्यतिमात्र नभएर सेलेब्रेटिका सन्तान जन्मने बित्तिकै चर्चामा आउन थालेका छन् । यतिबेला बलिउडमा सबैभन्दा चर्चित स्टारकिड्सको रुपमा करिना कपुर र सैफ अली खानका छोरा तैमुरलाई लिन सकिन्छ ।

तैमुर दर्शकको नजरमा मात्र नभएर ठूला ठूला कलाकारको नजरमा पनि प्रिय छन् । उनलाई देखेर बलिउडका धेरै कलाकार हुरुक्क हुन्छन् । अझ अभिनेता रणवीर सिंहले त भविष्यमा पक्का तैमुरसँग काम गर्ने बताएका छन् ।

त्यस्तै बलिउडकी एक नायिका उनी भनेपछि मरिहत्ते गर्छिन् । बलिउड नायिका ताप्सीले आफूलाई तैमुर निकै मन पर्ने बताएकी छिन् । उनले तैमुर सानै भएपनि आफूलाई उनी निकै मनपर्ने बताइन् । उनलाई एक अन्तवार्तामा कुन सेलेब्रेटिसँग डेटमा जान मन छ भनेर प्रश्न गरिएको थियो । जसमा उनले तैमुरको नाम लिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्