दिवंगत भरतमोहन र रवीन्द्रलाई संयुक्त रुपमा अर्पण गरिएको श्रद्धान्जली सभामा व्यापक सहभागिता !



२३ फाल्गुन २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी सचिवालयले बिहिबार आफ्ना दुई नेताको सम्झनामा काठमाडौंको भृकुटीमण्डपमा संयुक्त श्रद्धान्जली सभा आयोजना गरेको छ ।

पूर्व–उपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी तथा गत १५ फाल्गुनमा ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनालाई एकैचोटीे श्रद्धान्जली अर्पन गरेको हो ।

कार्यक्रमलाई नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले देशले अपुरणीय क्षती बेहोरेको बताए ।

“यो कार्यक्रमले दिवंगतको परिवारमा छाएको बेचैनलाई शक्तिमा परिणत गर्न सहयोग गर्ने छ ।” उनले भने ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मृतकहरुप्रति गहिरो श्रदासुमन व्यक्त गर्दै शोकाकुल परिवारप्रति सात्वना दिए ।

उनले भने “यस्तो जनशक्ति देशले गुमाउनुले आगामी दिनहरुमा पनि यस्तै व्यक्तिहरुको आवश्यक पर्दछ । उनीहरुले हामीलाई देशको सबै पक्षबाट धेरै माथि ल्याएर छोडेका छन्, अब हामी यसबाट अझ माथि उक्लिने कोशिस गर्ने छौं ।”

कार्यक्रममा सबै मृतकहरुको परिवारहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्