महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा, अनु, विमला र अनिता टोलीमा अटाएनन् !



२३ फाल्गुन २०७५, काठमाडौं

पाँचौं संस्करणको साफ महिला फुटबल खेल्ने नेपाली टोलीको घोषणा गरिएका छ ।

आगामी २८ फाल्गुनदेखि विराटनगरमा हुने प्रतियोगिताका लागि नेपाली टिममा ६ जना यू–१९ टिमका खेलाडीले स्थान पाएका छन् ।

यता फरवार्ड अनु लामा, मिडफिल्डर विमला चौधरी र डिफेन्डर सुनीता चौधारीले टिममा अटाउन सकेनन् । तीनै जनाले भारतमा भएको हिरो महिला गोल्डकपमा सहभागिता जनाएका थिए ।

सुरुमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रशिक्षणकमा ३३ खेलाडी सहभागी थिए । राष्ट्रिय टोलीमा रहेका खेलाडी, उमेर समूहका खेलाडी र हालै सम्पन्न प्रधानसेनापति कपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको थियो ।

यसबीचमा नेपालले भारतमा आयोजना भएको हिरो गोल्डकप खेलेको थियो । चार टिम सहभागी प्रतियोगितामा उपविजेता बनेको नेपाली टिमले भारतबाट इटहरीमा आएर अभ्यास गरेको थियो ।

विटानगरको सहिद रंगशालामा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । सो समूहमा नेपालसहित बङ्गलादेश र भुटान छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । नेपालले पहिलो खेलमा भुटानसँग फागुन १८ मा खेल्नेछ ।

महिला राष्ट्रिय टिमका प्रशिक्षक हरि खड्काले २० सदस्यीय नेपाली टिम घोषणा गरेका हुन्।

नेपाली टोलीमा–

गोलकिपर– अन्जना रानामगर, उषा नाथ, एन्जिला थुम्बापो सुब्बा

डिफेन्डर– हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैशी, कविता धिमाल, पूजा राना, मनमाया लिम्बु

मिडफिल्डर– अनिता बस्नेत, दीपा राई, मन्जली कुमारी योन्जन, सर्मीला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी
फरवार्ड( रेखा पौडेल, (कप्तान) निरु थापा, सावित्रा भण्डारी

प्रतिक्रिया दिनुहोस्