झापाबाट काठमाडौं अवतरणको क्रममा प्रधानमन्त्रीको बिमान होल्ड भएपछि छानवीन समिति गठन



२४ फागुन २०७५, काठमाडौँ

झापाबाट काठमाडौं अवतरणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सवार विमान होल्ड भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

मन्त्रालयले गठन गरेको छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन् । प्रधानमन्त्री सवा विमान किन, होल्ड भयो यस वारेमा बिहीबारबाट काम शुरु भएको संयोजक आचार्यले जानकारी दिएका छन् ।

‘राडरको रेकर्ड हेर्दा ३ पटक उपत्यका परिक्रमा भएको देखिन्छ,संयोजक आचार्यले भने–‘किन कसरी यस्तो भयो समितिले एयर ट्राफिक कन्ट्रोलर, पाइलटको बयान र बस्तु स्थीतिको अध्ययन गरि प्रतिवेदन बुझाउने छ।’

मंगलबार प्रधानमन्त्री ओली यति एयलाईन्स विमान मार्फत झापाबाट काठमाडौं अवतरण गर्ने क्रममा करिव १० मिनेट होल्ड भएको मन्त्रालयको भनाई छ । समितिले भद्रपुर ,त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल टावरको रेकर्ड,विमानका पाईलट र टावर बीच भएको कुराकानी,पाइलट, एटिसीको बयानका आधारमा प्रतिवेदन तयार पार्ने समितिले जनाएको छ ।

प्रधानमन्त्री कार्यलय र मन्त्रालयका राज्य मन्त्री स्तरिय निर्णयबाट छानविन समितति गठन गरेको हो । मन्त्रालयको राज्य मन्त्री धनबहादुर बुढा रहेका छन् । समितिले ७ दिने कार्य समय पाएको छ ।

प्रतिक्रिया दिनुहोस्