नेसनल युनाइटेडमा कराते प्रतियोगिता हुने



२४ फागुन २०७५, काठमाडौ

हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलले आठौँ नेसनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराते प्रतियोगिता २०७५ सञ्चालन गर्ने भएको छ ।

प्रतियोगिता यहि २०७५ फागुन २४ र २५ गते स्कुल प्राङ्गणमा हुनेछ । विद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक क्षमताको विकास गराउनका साथै खेलको माध्यमबाट अन्तराष्ट्रिय जगतमा देशको नाम उच्च बनाउनको लागि स्तरीय खेलाडी उत्पादन गर्ने उद्वेश्य राख्दै हरेक वर्ष आयोजना गर्ने गरिएको विद्यालयले जनाएको छ । गोजु—काइ कराते प्रतियोगिताको यस श्रृङ्खला अन्तर्गत उपतयकाका ३० वटा विद्यालय तथा डोजोका खेलाडीहरुले भाग लिनेछन् ।

उक्त प्रतियोगितामा १९ स्वर्ण, १९ रजत तथा ३८ कास्य पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । साथै समग्रमा प्रथम, द्वितीय र तृतीय हुने टिमले ट्रफि चुम्नेछन् भने उत्कृष्ट पुरुष र महिला खेलाडीले समेत ट्रफि प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५० र ५५ के.जी. तथा खुल्ला एवं महिलातर्फ २०, २५, ३०, ३५, ४०, ४५ र ५० के.जी. तथा खुल्ला समृ्हमा गरी खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्