२४ फाल्गुन २०७५, काठमाडौं
झापा गोल्डकपको चौथो संस्करणअन्तर्गत फाईनलका लागि दुई बलियो मानिएका टोली थ्री स्टार र झापा–११ बीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल शुक्रबार अपराह्न घरेलु मैदानमा हुने छ । झापा गोल्डकपको पहिलो र तेश्रो संस्करणको फाइनल प्रवेशका लागि भएको खेलमा थ्रीस्टार पराजित भएको थियो ।
एन्फाको कमजोरीका कारण एएफसी कपको दोश्रो चरण खेल्न नपाएपछि घरेलु फुटबलबाट टाढिएको थ्रीस्टार खप्तड गोल्डकपको दोश्रो संस्करणबाट कम्व्याक गरेको थियो । धनगढीमा सम्पन्न प्रतियोगितामा ३–१ ले झापालाई हराउँदै थ्रीस्टार घरेलु फुटबलमा फर्किएको थियो ।
झापा गोल्डकपको जारी संस्करणमा घरेलु टोलीले सेमीफाइनल प्रवेशका लागि पाहुना टोली हङकङ नेप्लिज फुटबल एकाडेमीविरुद्ध १–० को संर्घषपुर्ण जित निकालेको थियो ।
जारी प्रतियोगितामा झापाको टिमबाट शहीद स्मारक लिगमा सहभागि ५ जना च्यासल क्लबका खेलाडी आवद्ध छन् भने थ्रीस्टार क्लबसंग अधिकाँश खेलाडी शहीद स्मारक लिगमा सहभागि सेटकै छन् ।
आजको विजेताले शनिबार हुने त्रिभुवन आर्मी र दाफिन्स एफसीको विजेतासँग खेल्नेछ ।