भारतीय चर्चित रियालिटी ‘द कपिल शर्मा’ शो मा पूर्व मिस नेपाल निकिता चण्डक अतिथि बन्न पुगिन्



२४ फागुन २०७५, काठमाडौँ

द कपिल शर्मा शो भारतको सबैभन्दा चर्चित कमेडी शो हो । भारतमा मात्र नभएर यो शो को फ्यान नेपालमा पनि उत्तिकै छन् । हरेक हप्ता कपिलले आफ्नो शो मा नयाँ नयाँ पाहुना बोलाउने गरेका छन् । जसको कारण उनको शो को हाइप बढेको छ ।

त्यस्तै यो हप्ता कपिलको शो मा पूर्व मिस नेपाल निकिता चण्डक देखिने भएकी छिन् । उनी अब आउने हप्ताको एपिसोडमा कपिलको शो मा अतिथिको भूमिकामा देखिने भएकी छिन् ।

यो कुराको जानकारी निकिता स्वयमले दिएकी हुन् । उनले इन्ष्टाग्राममा फोटो अपलोड गर्दै आफू यस हप्ता कपिलको शो मा आउन लागेको जानकारी गराएकी छिन् । साथै उनले आफूलाई अतिथिको रुपमा बोलाइदिएकोमा कपिललाई पनि धन्यवाद दिएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्