अनमोल बिना बाँच्न नसक्ने भए प्रियंका र उपासना (भिडियो)



२४ फागुन २०७५, काठमाडौँ

चलचित्र क्याप्टेन यतिबेला देशभर भव्यताका साथ प्रदर्शन भैरहेको छ । अधिकांश दर्शकले चलचित्रमा अनमोलको भूमिकालाई निकै रुचाएका छन् । त्यसका साथै चलचित्रको गीतसंगीतले पनि निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

भर्खरै मात्र चलचित्र क्याप्टेन को नयाँ गीत सार्वजनिक भएको छ । दिग्गज देउरालीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको सक्दिन की बाँच्न बोलको गीतमा सुमन केसी र दिपा लामाको आवाज रहेको छ । निकै नै मिठो शैलीको गीतको अनमोलको दुई नायिकासँगको रोमान्स देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्