‘चट्ट रुमाल’ को रिमेक भर्जन गाएकी मेलिनाले गीतको आलोचना भएपछि चलचित्र टिमप्रति पोखिन् गुनासो



२४ फागुन २०७५, काठमाडौँ

यतिबेला चलचित्र यात्रा मा समावेश चट्ट रुमाल क्या मालुम बोलको गीत युट्युबमो ट्रेन्डिङ ५ मा छ । तर विडम्बना धेरै भ्यूज पाएर पनि यो गीतले दर्शकबाट सकरात्मक प्रतिक्रिया भने पाउन सकेको छैन । उक्त गीतलाई अधिकांश दर्शकले गाली गरेका छन् ।

पुरानो गीतको हत्या गरिएको भन्दै दर्शकले गीतको अत्याधिक आलोचना गर्न थालेपछि यतिबेला चलचित्र निर्माण टिम निकै तनावमा देखिएको छ । साथै उक्त रिमेक गीतमा स्वर भरेकी चर्चित गायिका मेलिना राईले पनि चलचित्र टिमप्रति दुखेसो पोख्दै फेसबुकमा स्टाटस लेखेकी छिन् ।

उनले पुरानो गीतलाई आफूहरुले निकै मेहेनत गरेर तयार पारेको तर अन्त्यमा चलचित्र निर्माण टिमले त्यहि पुरानो थोत्रो गीत युट्युबमा हालिदिएको बताएकी छिन् । उनले हतारमा ट्रेन्डिङको लोभले पनि पुरानै गीत युट्युबमा सार्वजनिक गरिएको बताइन् । मेलिनाले यसको प्रत्यक्ष असर आफूमा पनि परेको बताएकी छिन् । उनले नारी दिवसको उपलक्ष्यमा लामो स्टाटस लेख्दै यस्तो भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्