२४ फागुन २०७५, काठमाडौँ
छुटै मधेस हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका डा. सिके राउतसँग सरकारले ११ बूँदे राजनीतिक सहमति गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा राष्ट्रिय सभा गृहमा सरकारसँग राउतले सम्झौता गरेका हुन् ।
११ बूँदे सम्झौता पत्रमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका राउतबीच हस्ताक्षर भएको छ ।
सहमति पत्रमा देशको संविधान र भौगोलिक अखण्डता स्वीकार गर्ने, गठबन्धनका नेता कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता गर्ने र जेलमा रहेकालाई तत्काल रिहा गर्ने, प्रहरी हिरासतमा मृत्यु भएका कार्यकर्ताका परिवारलाई उचित क्षतिपुर्तिका साथमा एक जनालाई रोजगारी दिने लगायतका विषय रहेका छन् ।