‘चट्ट रुमाल क्या मालुम’ को रिमेक भर्जनलाई रुचाएनन् दर्शकले, गीतलाई आयो गालीको ओइरो



२४ फागुन २०७५, काठमाडौँ

करिब २० बर्ष अघि निर्माण भएको सुपरहिट गीत चट्ट रुमाल क्या मालुम को रिमेक भर्ज केहीदिन अगाडी मात्र सार्वजनिक भएको छ । चलचित्र यात्रा मा समावेश उक्त गीतले यतिबेला युट्युबको ट्रेन्डिङमा पनि राम्रो स्थान पाइरहेको छ ।

विडम्बना उक्त गीतले सोचेको जस्तो सफलता हासिल भने गर्न सकेको छैन । यो गीतलाई धेरै दर्शकले हेरिसकेका छन् तर गीतप्रति अधिकांश दर्शकले नकरात्मक कमेन्ट धेरै गरेका छन् । करिब ४ हजार कमेन्ट रहेको गीतमा ९५ प्रतिशत कमेन्ट नकरात्मक रहेका छन् ।

पुरानो गीतको हत्या गरिएको भन्दै दर्शकले गीतको आलोचना गर्न थालेपछि यतिबेला चलचित्र निर्माण टिम तनावमा रहेको छ । पुरानो चट्ट रुमाल मा शम्भूजित बास्कोटा र साधना सरगमको आवाज रहेको थियो भने रिमेक भर्जनमा आवाज मेलिना राई र धमेन्द्र सेवानले दिएका छन् । सम्भवत रिमेक गीतलाई निकै गाली मिलेको यो पहिलो गीत हो ।

प्रतिक्रिया दिनुहोस्