२४ फाल्गुन २०७५, काठमाडौं
नेपाली महिला राष्ट्रिय फुटबल टोलीका पूर्व–कप्तान जमुना गुरुङ र रेफ्री बिना श्रेष्ठ सम्मानित भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले १०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा उनीहरुलाई सम्मान गरेको हो ।
जमुनाले सन् २०१० को साफ खेलपछि फुटबलबाट सन्यास लिएकी थिईन् भने, बिना फिफा असिस्टेन्स हुन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अथिती तथा प्रदेश नं ३ का प्रमुख अनुराधा कोईराला, एन्फाअध्यक्ष आङ छिरिङ शेर्पा लगायतले कदरपत्रका साथ सम्मान गरेका थिए ।