‘नेपाल आइडल’ की निलिमाको पहिलो गीत सार्वजनिक (भिडियो)



२४ फागुन २०७५, काठमाडौँ

निलिमा थापा मगर नेपाल आइडलबाट चिनिएको नाम हो । उनी नेपाल आइडल सिजन २ को उत्कृष्ट ७ सम्म पुग्न सफल भएकी थिइन् । नेपाल आइडलबाट निलिमाले नसोचेको सफलता हासिल गरेकी छिन् । अहिले उनलाई नचिन्ने सायद कमै छन् होला ।

निलिमा अहिले देश तथा विदेशका कार्यक्रममा निकै व्यस्त हुन थालेकी छिन् । केहीदिन अघिमात्र कोरियामा कार्यक्रम सकेर नेपाल आएकी निलिमाको पहिलो गीत सार्वजनिक भएको छ ।

आज नारी दिवसको उपलक्ष्यमा उनको पहिलो गीत सार्वजनिक गरिएको हो । रञ्जन गायकको शब्द र संगीत रहेको स्वतन्त्रताको अधिकार बोलको गीतमा निलिमा थापा मगरको आवाज रहेको छ ।

प्रतिक्रिया दिनुहोस्