रियल मड्रिडका कप्तान सर्जियो रामोसले गरे क्लब त्याग्ने घोषणा !



२४ फाल्गुन २०७५, काठमाडौं

रियल मड्रिडका कप्तान सर्जियो रामोसले क्लबबाट बाहिरिने घोषणा गरेका छन् ।

गत मंगलबार राति आयाक्ससँग दोस्रो लेगमा ४–१ ले पराजित भएपछि समग्र लेगमा ५–३ ले पराजित हुँदै रियल मड्रिड च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनल राउन्डबाटै बाहिरिएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा सर्जियो रामोस उपस्थित थिएनन् । खेलपछि ड्रेसिङ रुममा रामोस र क्लब प्रमुख फ्लोरेन्टिनो पेरेजबीच विवाद भएको बताइएको छ ।

सोही क्रममा रामोसले आफूले क्लब छाड्ने चूनौती दिएको बताइएको छ । केही समाचारहरुका अनुसार पेरेजले खेलपछि आफ्ना खेलाडीहरुलाई गाली गरेका थिए ।

पेरेजले टोलीलाई धैर्यता नभएको, लामो समय भएपनि अभ्यासमा कमजोरी गरेको र टोलीलाई लाज लाग्नुपर्ने बताएका थिए । खेलाडी तथा प्रशिक्षकहरुकै बीचमा रामोसले पेरेजलाई ‘तिमी पैसा देऊ म क्लब छाड्छु’ भनेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्