पिएसएल : सन्दीप अनुबन्ध टोली लाहोर कलन्दर्स आज ईस्लामवादविरुद्ध क्रिजमा !



२५ फाल्गुन २०७५, काठमाडौं

नेपाली लेग स्पिनर सन्दीप लामिछाने कडा सुरक्षाका साथ पाकिस्तानको कराँचीमा पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने भएका छन् ।

सन्दीप अनुबन्ध टोली लाहोर कलन्दर्सले आज ईस्लामवाद युनाइटेडसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ७ः४५देखी कराँचीमा सुरु हुनेछ ।

पाकिस्तानमा उच्च सुरक्षा ब्यवस्था अपनाइएको छ । सन् २००९ मा श्रीलंका क्रिकेट खेलाडीमाथि बम प्रहार भएदेखी पाकिस्तानले युएईलाई आफ्नो घरेलु मैदान बनाउदै आएको छ ।

पछिल्लो दुई वर्ष यता पाकिस्तानले पाकिस्तानमै अन्तर्राष्ट्रियखेलहरु खेलाउन खोजि रहेको छ । सुरक्षाको कारण देखाउँदै पाकिस्तानमा क्रिकेट खेल्न अन्य देशहरु अस्विकार गर्दै आएका छन् ।

पाकिस्तानमा क्रिकेट खेल्न सुरक्षित छ भन्ने सन्देश दिन पाकिस्तानले पिएसएलका बाँकी खेल कराँचीमा गराउँन लागेको हो । गत वर्षको पिएसएलको फाइनल पनि पाकिस्तानमै भएको थियो ।

यता सन्दीपको टिम लाहोरको अघिल्लो चरणको झिनो अंकगणीतिय संभावना मात्र बाँकी रहेको छ ।

८ खेलमा ३ मा जित र ५ मा हारका साथ ६ अंक जोड्दै पाँचौ स्थानमा रहेको लाहोरले बाँकी दुबै खेल फराकिलो अन्तरले जित्न सके र अन्य टोलीको नतिजा आफु अनुकुल आएमा मात्र नाटकीय रुपमा अघिल्लो चरण प्रवेश गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्