पुलवामाको आक्रमणमा मृत्यु हुने सुरक्षाकर्मीको सम्झनामा भारतीय क्रिकेट टोलीले लगायो यस्तो ‘क्याप’



२५ फाल्गुन २०७५, काठमाडौं

भारतको पुलवामामा भएको आक्रमणमा परी मृत्यु भएका भारतीय सुरक्षाकर्मीहरुको सम्मानमा भारतीय क्रिकेट टोलीले सेनाले लगाउने ‘क्याप’ लगाएर रांचीमा अस्ट्रेलियासँग भइरहेको तेस्रो एक दिवसीय खेल खेलेको छ ।

फेब्रुअरी १४ मा जम्मूकश्मिर स्थित पुलवामामा गराइएको शक्तिशाली बम विस्फोटमा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो ।क्रिकेट टोलीले एक खेल बराबरको पारिश्रमीक राष्ट्रिय डिफेन्स फंडलाई प्रदान गर्ने बताइएको छ ।

खेलको सुरुवातमा भारतीय टोलीका कप्तान विराट कोहलीले क्यापको बारे भने, यो विशेष क्याप हो । पुलवामा आक्रमणमा मारिएका शहीद र उनीहरुको परिवारप्रति यो हाम्रो सम्मान हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले यसअघि नै आइपीएलको उद्घाटनमा खर्च गर्दै आएको करिब २० करोड भारतीय रुपैंया पुलवामामा शहीद भएका परिवारलाई प्रदान गर्ने निर्णय गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्