नारी दिवसकै दिन नगरप्रमुख खरेलले गरे विदेशबाट आयातित सामग्रीको उपहार नलिने घोषणा (फोटो फिचर)



२५ फागुन २०७५, काठमाडौं

१०९ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बूढानीलकण्ठ–१० मा आयोजित नारी उत्सब कार्यक्रममा नगरप्रमुख उद्धव खरेलले आफ्नो कार्यकालभरी विदेशबाट आयातित सामग्रीद्वारा निर्माण गरेका उपहार स्वीकार नगर्ने घोषणा गरेका छन् ।

नारी उत्सवमा नगरप्रमुख खरेलले मन्तव्य राख्दै गरेको भिडियो :

मन्तव्यको क्रममा नगरप्रमुख खरेलले स्मार्ट छोरी, स्मार्ट बुहारी र स्मार्ट महिला बन्न अपिल गर्दै महिला उद्यमशीलतामा लाग्न आग्रह गर्दै गोजीमा पैसा भएपछि महिलाले समानता पाउने बताए ।

बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित संयुक्त नारी उत्सब कार्यक्रममा सोचे अनुरुपको सहभागीता नभएपछि खरेलले नारी उत्सब मनाउन सरकारले विदा दिएका आफ्ना कर्मचारी, जननिर्वाचित प्रतिनिधिहरु, नगरपालिकामा रहेका ७० भन्दा बढी महिला समूहका अध्यक्ष र सदस्यहरु कहाँ गए होलान ?  भन्दै व्यङ्गय गरे ।

स्थानीय कार्यक्रममा समेत भारत र चीनबाट आयातित मायाको चिनो उपहार दिने परम्परालाई अन्त्य गर्न विदेशबाट आयातित कुनैपनि उपहारहरु आफ्नो कार्यकालमा स्वीकार नगर्ने र अरुलाई पनि नदिने प्रतिवद्धता जनाए ।  स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउन सहयोग पुग्ने विश्वास गर्दै खरेलले भने, “नगरप्रमुखको हैसियतले ३ वर्षसम्म म आयातित सामग्रीले बनेको उपहार स्वीकार नगर्ने बताउँदै नेपालमा उत्पादित सामग्रीहरु वा स्थानीय महिलाहरुले तयार पारेका जुनसुकै सामाग्रीहरु समेत उपहारका रुपमा स्वीकार गर्ने बताए ।”

संयुक्त महिला संजाल बूढानीलकण्ठ वडा नं. १०,११ र १२ को संयोजन र बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख रमादेवी राई, प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य तथा योजनाविद डा. विमला राई, त्यस्तै अतिथिहरु प्रदेश सभा सदस्य दीपक निरौला लगायत वडाध्यक्षरु, विभिन्न महिला समूहका महिलाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिलाहरुले विभिन्न समुदाय संस्कृति झल्कने भेषभूषा प्रदर्शन गर्नुका साथै नृत्य, गायन, कविता वाचन लगायत विविध प्रस्तुति दिएका थिए ।

       

प्रतिक्रिया दिनुहोस्