आज नायक प्रदिप खड्काको जन्मदिन, शुभकामना दिनेको ओइरो



२६ फागुन २०७५, काठमाडौँ

नायक प्रदिप खड्का अहिलेका सर्वाधिक सफल र व्यस्त अभिनेता हुन् । उनले चलचित्र प्रेम गीत बाट चर्चा पाएका हुन् । चलचित्र प्रेम गीत बाट नै उनको परिचय फेरिएको हो । अहिले उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माता निर्देशकको लाइन निकै लामो छ । आज उनै चर्चित नायक पैदिप खड्काको जन्मदिन रहेको छ ।

आजबाट प्रदिप २६ औँ बर्षमा प्रवेश गरेका छन् । उनले आफ्नो जन्मदिनको जानकारी आफ्नो आधिकारीक फेसबकुमार्फत दिएका छन् । प्रदिप छोटो समयमा नै दर्शकको मनमुटुमा बस्न सफल अभिनेता हुन् । उनले आफ्नो चकलेटी अनुहार र अव्वल अभिनयका कारण दर्शकको मन जितेका हुन् ।

आज प्रदिपको जन्मदिन रहेकाले उनलाई विहानदेखि नै शुभकामना दिनेको ओइरो लागिरहेको छ । प्रदिपको यहि चैत्र २२ बाट चलचित्र लब स्टेशन पनि प्रदर्शनमा आउँदै छ । प्रदिपलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्